चिया किसान….. चिया उत्पादन… बजार व्यवस्थापन र चियापान एकै स्थानमा नेपाली अग्र्यानिक चियालाई नेपालीबीच लोकप्रिय बनाउने प्रयासस्वरुप चियापान प्रा.लि. ले न्यूनतम मूल्यमा आफ्नै देशमा उत्पादित चिया उपभोग गर्ने कार्यक्रमलाई प्रवद्र्घन गर्ने योजना अनूरुप यो प्रस्तावपत्र यहाँहरु समक्ष राखेको छ । नेपालका पहाडी भेगका किसानले उत्पादन गरेको उच्च गुणस्तरका चिया हाल विदेशी बजारमा लोकप्रिय छ । नेपालमा उत्पादन भएका अग्र्यानिक चियामध्ये ९१ प्रतिशत भारतिय बजारमा ७ प्रशित अन्तराष्ट्रिय बजारमा र २ प्रतिशत नेपाली बजारमा बिक्री हुदै आएको छ । विदेशमा नेपाली चियालाई राम्ररी प्रवद्र्घन गर्न नसक्दा बार्षिक ४० हजार केजी औषधिय गुणयुक्तचिया विभिन्न समस्याका कारण समयमा बिक्री नभई बिग्रने गरेको दुःखदे अवस्था छ । अर्को तिर हामी विदेशवाट २ लाख केजी विषादीयुक्त चिया आयत गरिरहेका छौं । यसले एकसाथ स्वास्थ्यमा मात्रै असर गरेको छैन, रेमिट्यान्सबाट आएको ठूलो रकम चिया किन्नमा खर्च भैरहेको छ । यो अवस्थालाई मध्यनजर गर्दै नेपाली चियालाई नेपालीमाझ नै लोकप्रिय बनाउन हामीले हाम्रो चियामार्फत् महिनाको एक हजार रुपैंयमा अन्त्यहिन चिया पिउने योजना सार्वजनिक गरेका छौं । यो योजना अन्र्तगत कुनै पनि नेपालीले एक हजार रुपैयामा महिनाभर जतिसुकै चिया पिउने व्यवस्था मिलाइएको छ । यो योजनाले आम ग्राहकलाई नेपाली चियाको स्वाद र यसको गुणस्तरबारे राम्रो जानकारी मिल्छ नै नेपाली किसानले उत्पादन गरेको चियाको सदुपयोग पनि हुनेछ । त्यति मात्र होइन, विदेशी बजारमा लोकप्रिय यी चियाको गुणस्तरबारे हामी आफै सचेत हुन पनि यसले सहयोग पु¥याउनेछ । यही पवित्र उद्देश्य अनुरुप चिया बगान, चिया किसान, चिया मजदुर, बजार व्यवस्थापन एवं चिया पान प्रालिको संयुक्त प्रयासमा तपाईलाई पनि हाम्रो सेवा लिन हार्दिद अनुरोध गरेका छौं । हाम्रो यो अभियानले तपाईले सस्तो मूल्यमा चिया पिउने वातावरण उपलब्ध हुने नै छ, तपाई स्वास्थ्य र समयको पनि उचित व्यवस्थापन हुनेछ